टर्कीमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३३ घाइते
काठमाडौं । मध्य अक्सराय प्रान्त टर्किएमा यात्रुबाहक बस पल्टिँदा सात जनाको मृत्यु भएको छ । ३३ जना घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भीर छ ।
अधिकारीहरूले अझै ज्यान गुमाउनेहरूको पहिचान गर्ने काम भइरहेको बताएका छन् । अक्सरे प्रान्तीय गभर्नर मेहमेट अली कुम्बुजोग्लुले पर्यटक बस अक्सरे शहरबाट २५ किलोमिटर टाढा पल्टिएको थियो ।
घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ भने दुर्घटनाको अनुसन्धान सुरु गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
