मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै
काठमाडौं । नुवाकोटमा हेलिकप्टर दुर्घटना भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा केहीबेरमै मन्त्रिपरिषद बैठक बस्न लागेको हो । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन् ।
सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रेहका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि दुस्ख व्यक्त गर्दै नगर प्रमुखहरुसँगको भेटघाटलाई संक्षिप्त बनाएका थिए । दुर्घटनामा ५ जनाको शव भेटिएको छ ।
