sevenstartv.com २० वैशाख २०८३, आइतवार

टीआरसी विधेयक यही अधिवेशनबाट पास गर्न शीर्ष नेताहरु प्रतिबद्ध

२३ साउन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको यही अधिवेशनबाट पास गर्ने प्रतिबद्धता जनाएका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकका विवादित विषयमा सहमति खोज्न गठित कार्यदलले बुधबार शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदेन बुझेपछि नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन यो सहमति टर्निङ प्वाइन्ट भएको बताए । कार्यदलले जुटाएको सहमतिलाई संसदको कानुन समितिले सर्वसम्मत रुपमा पास गर्ने उनको विश्वास छ । उनले कानुन कार्यान्वयनमा पनि सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै प्रतिवेदन बुझेपछि प्रमुख प्रतिपक्षी दल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सहमति नेताहरुका लागि मात्र खुसीको विषय नभएको बताए । उनले यसलाई नयाँ सरकार बनेपछि भएको एउटा राम्रो काम ठानेको बताए । उनले यो विधेयकलाई संसदको यही अधिवेशनमा पेश गरेर पास गर्न समेत आग्रह गरे ।

यस्तै सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यो सहमति अनुसार शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउँदा विश्वका लागि अनुकरणीय हुने बताए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्