नवलपुरको कावासोतीमा ३० महिने बालक मृत फेला
काठमाडौं । नवलपुरको कावासोती-४ हसौरास्थित खोला किनारमा एक बालक मृत अवस्थामा फेला परेका छन् ।
३० महिने सुवास ढुंगाना आज बिहान हसौरास्थित चिलाहाको हसौरा खोला किनारमा मृत भेटिएका हुन् । प्रहरीका अनुसार बालक मंगलबार बिहान हसौरा नजिकै खेलिरहेको अवस्थामा बेपत्ता भएका थिए ।
उनलाई खोलाले बगाएको आशंकामा प्रहरी र स्थानीयले खोजी गरेका थिए । घटनाका बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।
