पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
काठमाडौं । पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाले गएराति बेँसीसहर नगरपालिका-६ खरखरे भिरमा र मर्स्याङ्दी गाउँपालिका-३ खुदीनजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
खरखरे भिरको पहिरो यतिबेला हटाउन सफल भए पनि खुदी नजिक खसेको पहिरो हटाउन बाँकी रहेको प्रहरीले बताएको छ । यो सडक अवरुद्ध हुँदा मनाङ र लमजुङका सर्वसाधारण प्रभावित भएका छन्।
