कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने छ ।
बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुने बताइएको छ । बैठकले उपसभापति र महामन्त्रीद्वयका राजनीतिक, सांगठनिक र समसामयिक प्रस्तावलाई संशोधनसहित पारित गर्ने बताइएको छ ।
पार्टी संगठन सुदृढीकरण र सरकार सञ्चालनबारे पनि केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने तय भएको छ । सरकार सञ्चालनसँगै पार्टीलाई तल्लो तहसम्म लग्न केन्द्रीय कार्यसमिति बैठक केन्द्रित हुने जनाइएको छ ।
