sevenstartv.com २१ वैशाख २०८३, सोमवार

टीआरसी विधेयकको प्रतिवेदन शीर्ष नेतालाई बुझाइँदै

२३ साउन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाएको तीन दलीय कार्यदलले प्रतिवेदन आज शीर्ष नेतालाई बुझाउने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रतिवेदन बुझाउने कार्यक्रम रहेको छ ।

सोमबार नै प्रतिवेदन बुझाउने कार्यक्रम भए पनि प्रधानमन्त्रीको व्यस्तताले बुझाउन नसकिएको र मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल विराटनगरमा रहेका कारण प्रतिवेदन बुझाउन केही दिन ढिला भएको बताएको छ । 

 कार्यदलले द्वन्द्वकालीन समयमा नियतवस वा स्वेच्छाचारी तरिकाले भएको हत्यालाई गम्भीर मानवअधिकार उल्लंघनमा राख्ने निर्णय गरेको छ । यौनजन्य घटनालाई समेत गम्भीर अपराधमा समेटिएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्