अनुरा कुमार दिसानायकेले लिए राष्ट्रपतिको शपथ
काठमाडौं । श्रीलंकाको नवौं राष्ट्रपतिमा अनुरा कुमार दिसानायकेले राष्ट्रपतिको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालयमा उनलाई प्रधानन्यायाधीश जयन्थ जयसूर्याले नवौं कार्यकारी राष्ट्रपतिको रुपमा शपथ दिएका हुन् । राष्ट्रपतिको चुनामा राष्ट्रिय जनशक्ति नेता अनुराले ५७ लाख ४० हजार १ सय ७९ मतसहित विजयी भएका थिए ।
उनको शपथसँगै प्रधानमन्त्री दिनेश गुणवर्द्धनाले राजीनामा दिएका छन् ।
