sevenstartv.com १० चैत २०८२, मङ्गलवार

डोनाल्ड ट्रम्पले भने- यो पटक पराजित भए अब चुनावमा उठ्दिनँ

७ असोज २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यो पटक राष्ट्रपति चुनावका उम्मेदवारमा पराजित भए अब नउठ्ने प्रतिक्रिया दिएका छन् । ट्रम्पले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनमा पराजित भएमा सन् २०२८ मा हुने चुनावमा उम्मेदवारी नपाउने बताएका हुन् । 

७८ वर्षीय ट्रम्प लगातार तीनवटा राष्ट्रिय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार बनेका छन् । एक अन्तर्वार्तामा ट्रम्पले डेमाक्र्याटिक उपाध्यक्ष कमला ह्यारिससँग पराजित भएमा अर्को दौडको सम्भवना नदेखेको बताएको बीबीसीले जनाएको छ । आफू सफल हुनेमा आशावादी रहेको ट्रम्पको भनाइ छ । 

अमेरिकी कानूनमा दुई कार्यकाल भन्दा बढी राष्ट्रपति बन्न पाइँदैन । एक कार्यकाल राष्ट्रपति चलाएका ट्रम्प गत चुनावमा जो बाइडेनसँग पराजित भएका थिए 
 । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्