sevenstartv.com २१ वैशाख २०८३, सोमवार

चार संसदीय समितिको बैठक बस्दै

२३ साउन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं ।  संघीय संसदका चार समितिको बैठक आज बस्ने भएको छ । 

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्ने छ ।  बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता छलफल गर्ने कार्यसूची छ। यस्तै केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ग्रामीण क्षेत्रमा बाघ, भालु, हात्तीलगायत जनावरको आक्रमणबाट जनधनमा पुगेको क्षतिका विषयमा छलफल हुनेछ । बिहान साढे ११ बजे बस्ने बैठकमा बाँदर, बँदेल, दुम्सी, निलगाईलगायत वन्यजन्तुबाट कृषि बालीमा भइरहेको क्षतिका बारेमा समेत छलफल हुनेछ । 

छलफलका लागि वन तथा वातावरणमन्त्री, राज्यमन्त्री एवं सचिव, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशकलगायतलाई बोलाइएको छ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक मध्याह्न १२ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

पूर्वाधार विकास समितिमा जलस्रोत विधेयक, २०८१ मा संशोधनकर्तासँग छलफल हुनेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ। 
 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्