ललितपुरमा गुडिरहेको मोटरसाईकलमाथि पहिरो खस्यो
काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ स्थित भट्टेडाँडामा गुडिरहेको मोटरसाइकलमाथि पहिरो खसेको छ ।
पहिरो खस्दा ना.५४ प १६५५ नम्बरको मोटरसाइकल चालक र पछाडि सवार यात्रु घाइते भएका छन् । चालक सलमान अन्सारीको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
मोटरसाइकलमा पछाडि सवार ४६ वर्षीय मुर्तुजना अन्सारीको खुट्टामा चोट लागेको छ ।
