sevenstartv.com २१ वैशाख २०८३, सोमवार

मधेशमा थप ५ राज्यमन्त्री नियुक्त

२२ साउन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज थप ५ राज्यमन्त्री नियुक्त गरेका छन् ।उनले नेपाली कांग्रेसबाट २,जनमत, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट १(१ जना गरी पाँच राज्यमन्त्री नियुक्त गरेका हुन् ।

एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मा मो. जयद आलम, कांग्रेससबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रेखा ठाकुर, उर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा निलम कुामारी रजक नियुक्त भएका छन् ।

लोसपाबाट शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा रामबाबु यादव र जनमतबाट उद्योग पर्यटन राज्यमन्त्री सम्भु साह नियुक्त भएका छन् ।यो संगै मधेश सरकारको मन्त्रिपरिषद अहिलेसम्मकै ठूलो आकारको अर्थात २० सदस्यीय बनेको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्