दिल्लीका मुख्यमन्त्री केजरीवालले राजीनामा दिँदै
काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री केजरीवालले मदिरा घोटाला प्रकरणमा जमानत प्राप्त हुनासाथ आज पदबाट राजीनामा दिने भएका छन् । गत २१ मार्चमा गिरफ्तार भएर लामो समय तिहाड जेलमा बिताएका केजरीवालले राजीनामा दिन लागेका हुन् ।
उनको आम आदमी पार्टीले केजरीवालले अब जनताबाट इमान्दारिताको प्रमाणपत्र लिएर मात्रै पदमा फर्किने बताए । केजरीवालले दुई दिनअघि राजीनामाको घोषणा गरिसकेका छन् । आम आद्मी पार्टीले आजै नयाँ मुख्यमन्त्रीको नाम चयन गर्नेछ ।
केजरीवाल पत्नी सुनिता केजरीवाल मुख्यमन्त्री बन्ने चर्चा भइरहे पनि सम्भावना भने कम रहेको बीबीसीले जनाएको छ । नयाँ मुख्यमन्त्रीका रुपमा सुनितासहित आतिशी सिंह, गोपाल राय तथा कैलाश गहलोतको चर्चा भइरहेको छ ।
