हाइटीमा इन्धन बोकेको ट्रक विस्फोट हुँदा २४ जनाको मृत्यु, ४० घाइते
काठमाडौं । हाइटीमा इन्धन बोकेको ट्रक विस्फोट हुँदा २४ जनाको मृत्यु भएको छ । ४० जना घाइते भएका छन् । घाइते हुने अधिकांशको शरीर जलेको छ । रोयटर्सका अनुसार उनीहरुले अस्पतालमा पर्याप्त मात्रामा उपचार पाउन सकिरहेका छैनन ।
इन्धन बोकेको ट्रकको ग्यास ट्याङ्की अर्को गाडीले पङ्चर गरेको र इन्धन सङ्कलन गर्न गएकाहरूले विस्फोटमा परेर ज्यान गुमाएको बताइएको छ । हैटी आर्थिक रूपमा कमजोर देश हो । त्यहाँ विभिन्न समूहबीचको लडाइँका कारण सामान आयात गर्न पनि कठिन हुँदै आएको छ ।
