सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित २६ जनासँग बयान लिइने
सरकारीमा भएको छानबिनका लागि बनेको संसदीय विशेष समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २६ जनासँग बयान लिने भएको छ ।
काठमाडौं । सरकारीमा भएको छानबिनका लागि बनेको संसदीय विशेष समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २६ जनासँग बयान लिने भएको छ ।
समिति सभापति सूर्य थापाले रास्वपा पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका सभापति लामिछानेको पनि बयान लिइने बताए । मंगलबार समितिको कार्यप्रगति सुनाउँदै थापाले भने, ‘सोधपुछका क्रममा सोध्ने प्रश्न तयार पारिएको छ ।’
सोधपुछ गर्ने सूचीमा रहेका सबै नेपालमा भने छैनन । ती अरु को को हुन भन्ने पनि खुलाइएको छैन ।
सहकारी ठगी प्रकरणमा तत्कालीन गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेपछि उक्त समिति गठन भएको थियो ।
