sevenstartv.com २१ वैशाख २०८३, सोमवार

युवा पुस्तामा नकारात्मक भावना बढ्दै गएको छ : खेलकुदमन्त्री चौधरी

२२ साउन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा पुस्तामा नकारात्मक भावना बढ्दै गएको बतताएका छन् । 

आज नेपाल स्काउटको आयोजनामा भएको दीक्षान्त समारोहमा उनले स्काउटको भुमिका र आवश्यकता दिन प्रतिदिन बढ्दै गएको पनि उल्लेख गरेका हुन् । 

उनले सात लाख स्काउट सदस्य बनाउने लक्ष्यमा मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए । उनले स्काउटको स्तरोवृद्धिका लागि आवश्यक परे ऐन संशोधन गर्न सकिने पनि स्पष्ट पारे । मन्त्री चौधरीले सरकारले आर्थिक, सामाजिक र ऐनमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्