sevenstartv.com १ जेठ २०८३, शुक्रवार

प्रशिक्षण कार्यक्रममा नआउनेहरू संसदीय भूमिकाबाट विमुख हुने संकेत

२७ वैशाख २०८३, आइतवार स्टार संवाददाता

 काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले  प्रशिक्षणमा सबै सांसदहरूको उपस्थिति नदेखिएपछि उपनेता गणेश पराजुलीले असन्तुष्टि व्यक्त गरेका छन्। उनले सांसदहरुले प्रशिक्षण कार्यक्रमलाई कम महत्व दिएको बताए।

रास्वपाका १ सय ८२ जना सांसद छन् तर प्रशिक्षण कार्यक्रममा सांसदहरु कम उपस्थित भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले कार्यक्रम उद्घाटन क्रममा असन्तुष्टि जनाएका थिए। उनले प्रशिक्षणबारेको सूचना संसदीय दलमा निरन्तर प्रवाह भइरहेको पनि बताए। त्यसका बाबजुद पनि सांसदहरूले प्रशिक्षणलाई कम महत्त्व दिएको उनको भनाइ थियो।

मैले सबै सांसदहरु यहाँ उपस्थित भएको देखेको छैन । संसदीय दलको उपनेताको हैसियतमा म यहाँहरुलाई केही अनुरोध गर्न चाहन्छु । पार्टीले बिशेष गरि संसदीय दलमा उपस्थित हुनुभएका सबै सांसदहरुको क्षमता बिकासका लागि आयोजना गरेका यस्ता कार्यक्रमलाई कम महत्व दिइनु र त्यसपछि आफ्ना अन्य कामलाई प्राथमिकतामा राखिनु भनेको संसदीय भुमिकाबाट बिमुख हुने प्रयास गर्नु हो ।

 

सम्बन्धित समाचार