sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

ममता बनर्जीले सत्ता गुमाउनुका ५ मुख्य कारण

२२ वैशाख २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । पश्चिम बङ्गालमा भारतीय जनता पार्टी भाजपा पहिलो पटक राज्यको सत्तामा आउँदैछ र उसले दुई तिहाइभन्दा बढी बहुमत प्राप्त गरेको छ। भाजपाले २०६ सिट जित्दा तृणमूल कंग्रेस टीएमसी ले ८० सिटमा मात्र जित दर्ता गर्न सकेको छ।

मुख्यमन्त्री ममता बनर्जी आफैँ आफ्नो भवानीपुर सिटबाट भाजपा नेता शुभेन्दु अधिकारीसँग १५ हजारभन्दा बढी मतले पराजित भएकी छन्। त्यसअघि मतगणनाकै क्रममा उनले भाजपामाथि भोट लुटेको आरोप लगाएकी थिइन् । उनले पत्रकारहरूसँग भनिन् । भाजपाले १०० भन्दा बढी सिट लुटेको छ । भाजपाको जित अनैतिक छ। निर्वाचन आयोगले प्रधानमन्त्री र गृहमन्त्रीसँग मिलेर जे गरेको छ, त्यो पूर्ण रूपमा अनैतिक छ।

उनले जबर्जस्ती एसआईआर गरिएको आरोप लगाइन् र भनिन् उनीहरूले अत्याचार गरे। काउन्टिङ एजेन्टहरूलाई पक्राउ गरे। हामी पुनरागमन गर्नेछौं।
१५ वर्षसम्म लगातार सत्तासीन दल तृणमूल कंग्रेसको यो चुनावी हारको कारण के हुन सक्छ भन्ने विषयमा निकै चर्चा भइरहेको छ।
 अहिलेसम्म सार्वजनिक भएका नतिजा र रुझानहरूका आधारमा यस हारका पछाडि पाँच प्रमुख कारण मानिएका छन् । 

१ महिला सुरक्षाको सवाल
२ एसआईआर फ्याक्टर
३ प्रशासनिक विफलता
४ हिन्दु भोटको ध्रुवीकरण
५ केन्द्रीय सुरक्षा बलको अत्यधिक तैनाथी

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्