sevenstartv.com १३ वैशाख २०८३, आइतवार

आज सुनकाे मूल्य दुई लाख ९० हजार दुईसय रुपैयाँमा कारोबार हुँदै

१७ चैत २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सोमबार घटेको सुनचाँदीकै मूल्य आज बढेको छ । प्रतितोला ४२ सय रुपैयाँ बढेर सुनको भाउ आज दुई लाख ९० हजार दुईसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सुनको मूल्य हिजो तोलामा २५ सय रुपैयाँ घटेर दुई लाख ८३ हजार पाँचसय रुपैयाँमा झरेको थियो । आइतबार सुनको मूल्य तोलामा पाँच हजार रुपैयाँ बढेको थियो । गएको शुक्रबार सुनको भाउ तोलामा ४६ सय रुपैयाँ घटेको थियो बुधबार एकैदिन सुनको भाउ तोलामा १३ हजार रुपैयाँ बढेको थियो । 

आज चाँदीको मूल्य पनि तोलामा १४४ रुपैयाँ बढेर ४ हजार ८४५ रुपैयाँ पुगेको छ । गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो । माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

सम्बन्धित समाचार