sevenstartv.com १३ वैशाख २०८३, आइतवार

सरकार निजी क्षेत्रको बाधक नभई सहयात्री बन्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता

१६ चैत २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं  ।  अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले निजी क्षेत्रले अब कामका लागि घुस खुवाउनुपर्ने, प्रशासनिक झमेलामा लाइन लाग्नुपर्ने र फौजदारी कसुर झैँ थुनिनुपर्ने अवस्थाको अन्त्य हुने घोषणा गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रको बाधक नभई सहयात्री बन्ने प्रतिबद्धता जनाएका हुन् ।


आफ्नो कार्यकालमा सुशासनलाई मुख्य प्राथमिकता दिने बताउँदै डा.वाग्लेले भने, ‘म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ । म अर्थतन्त्रको जहाजलाई सही दिशामा मोडेर देशलाई नयाँ गति दिन आएको हुँ ।’ उनले निजी क्षेत्रलाई अब कुनैपनि बहानामा दुःख नदिइने स्पष्ट पारे । व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको व्यावसायिक कसुरमा थुन्न नहुने मागलाई सम्बोधन गर्दै अर्थमन्त्रीले अब आर्थिक बेइमानीका सवालमा सरकार आर्थिक जरिवानाको नीतिमा जाने बताए । अब उद्योगी व्यापारीहरू सानातिना प्राविधिक वा आर्थिक विषयमा थुनिनु पर्दैन, हामी दण्डको स्वरूप बदल्छौँ,‘उनले भने ।

अर्थमन्त्रीले उद्योगीहरूलाई लगानी र रोजगारी बढाएर देश निर्माणमा केन्द्रित हुन आग्रह गरे । सरकारले निजी क्षेत्रलाई साथी र सहयात्री मानिरहँदा निजी क्षेत्रबाट पनि उत्तिकै इमानदारिताको अपेक्षा गरिएको उनले बताए ।

सम्बन्धित समाचार