sevenstartv.com १९ वैशाख २०८३, शनिवार

नेपालमा लगानीका लागि उल्लेख्य सम्भावना छ : अध्यक्ष ढकाल

१४ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि उल्लेख्य सम्भावना रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपाल लगानीका लागि सम्भावनै सम्भावना भएको देश रहेको बताएका हुन् । 

उनले अहिले नेपालमा केही पनि सम्भावना नै छैन भन्ने भाष्य सिर्जना गरिएको भन्दै उक्त भाष्य सही नभएको बताए ।  उनले आम नागरिकलाई विश्वासमा लिएर अघि बढ्न सके नेपालमा प्रचुर सम्भावना रहेको बताएका छन् ।

उनले भने‚ ‘अहिले एउटा भाष्य बनाइएको छ, नेपालमा केही सम्भावना पनि छैन, यहाँको मान्छे पनि राम्रो छैन। सामाजिक सञ्जालको कारणले पनि त्यो सोच भएको हो कि जस्तो लाग्छ। तर वास्तविकता त्यो होइन। नेपालमा जता हेर्‍यो त्यतै अवसर छ। जहाँ हेर्‍यो हो त्यहीँ छ।’ 

 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्