sevenstartv.com २१ वैशाख २०८३, सोमवार

सुदूरपश्चिममा नाउपा पनि सरकारमा सहभागी हुँदै, लक्ष्मणकिशोर मन्त्री बन्ने

२१ साउन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सरकारमा सहभागी हुने भएको छ ।

नाउपाले लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको हो । लक्ष्मणकिशोरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्ने छन् ।

सुदूरपश्चिममा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेसका कमलबहादुर शाहले सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

शपथ ग्रहणसँगै शाहले मन्त्रिपरिषद् समेत सोमबार नै विस्तार गर्ने तयारी गरेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्