sevenstartv.com ११ असार २०८३, बिहिवार

रामहरि खतिवडाले ‘हाँसीहासी’ दिए राजीनामा

२८ साउन २०८२, बुधवार स्टार संवाददाता

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति  रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् । 

खतिवडाले बुधबार  सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् । निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि खतिवडाले मंगलबार संसदमा सम्बोधन गर्दै आफूले सभापतिबाट राजीनामा दिने प्रतिवद्धता जनाएका थिए ।  त्यही प्रतिवद्धना अन्ुुसार खतिवडाले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा एमालेका मुख सचेतक महेश बर्तौलालाई साक्षी राखेर राजीनामा पत्र बुझाएका हुन् ।

‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहासी राजीनामा दिएको घोषणा गर्दछु’ खतिवडाको राजीनामा उल्लेख गरिएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्