रवि लामिछानेलाई बैंक जमानतमा रिहा गर्न अदालतद्वारा अस्वीकार, थुनामै राख्रन आदेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिएको छ ।
सुप्रिम सहकारी ठगी अभियोगमा थुनाामा रहेका लामिछानेले आफूलाई जमानतमा रिहाको लागि गरेको माग रुपन्देही अदालतले अस्वीकार गरेको हो ।
लामिछानेलाई यसअघिको फैसलादेखि नै पुर्पक्षका लागि रुपन्देही कारागारमा राखिएको छ । लामिछानेको निवेदनको माग न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले अस्वीकार गरेको हो ।
