रवि लामिछानेप्रति प्रधानमन्त्री ओलीको आक्रोश– ठग्ने बेलामा आँखा नदेख्ने, अहिले के को प्रतिशोध ?
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा थुनामा जानुमा सरकारको हात नरहेको बताउनुभएको छ ।
सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा राखिएपछि उनीमाथि सरकारले प्रतिशोध साँधेको टिकाटिप्पणी हुने गरेको छ । प्रधानमन्त्री ओलीले मंगलबार कैलालीको कार्यक्रममा लामिछानेबारेको त्यस्ता टिकाटिप्पणी निराधार रहेको प्रष्ट्याउनुभएको हो ।
प्रधानमन्त्री ओलीले पूर्वगृहमन्त्री लामिछानेलाई ठगी प्रकरणमा अदालतले थुन्न आदेश ँिदँदा सरकारले गाली खेप्नु परेको उल्लेख गनृृभयो । प्रधानमन्त्रीले सरकार अदालत होइन, अदालतले थुन्छ कि छोड्छ सरकारको त्यसमा हातमा हुँदैन भन्दै लामिछानेलाई आफूले कुनै पूवाग्रह नराखेको दाबी गनुृभयो ।
प्रधानमन्त्री ओलीले ठगी गरेपछि अदालतले थुन्छ त, गर्ने बेलामा नचाहिने काम गर्ने भन्दै लामिछाने र रास्वपाका नेता तथा कार्यकर्ताहरुले अहिले गरिरहेको विरोधप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । ओलीले ठग्ने बेलामा आँखा नदेख्ने, अहिले केको प्रतिशोध ? भन्दै आक्रोश पोख्नुभयो । प्रधानमन्त्री ओलीले लामिछानेलाई राजनीतिमा आफूले स्थापित गरेर गृहमन्त्री समेत बनाएको तर विभिन्न कर्तुत आउन थालेपछि बोक्न नसक्ने स्थिति बनेको बताउनुभयो ।
