देशव्यापी सङ्घर्ष गर्ने समाजवादी मोर्चाको निर्णय
काठमाडौँ । समाजवादी मोर्चाले सरकारविरुद्ध देशव्यापी सङ्घर्ष गर्ने भएको छ ।
मोर्चाको मंगलबार बसेको बैठकले वर्तमान सरकारको कार्यशैलीकारे कारण जनतामा व्यापक निराशा र आक्रोश बढेका बढेको ठहर गर्दै त्यसलाई चिर्न भदौको अन्तिमदेखि सङ्घर्ष गर्ने निर्णय गरेको छ । मोर्चाले आफूहरुबाट विगतमा भएका गल्तीकमजोरी सच्याएर समाजवादी कार्यक्रम ल्याउने निर्णय समेत गरेको छ ।
बैठकले समाजवादी मोर्चालाई अहिलेको वस्तुस्थितिमा समाजवादी दिशामा लैजानुपर्ने निश्कर्ष निकालेको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी गराउनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट हटेपछि समाजवादी मोर्चा बनाइएको हो ।
मोर्चा स्थापना गर्दा शुरुमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी आवद्ध थिए । तर पछिल्लो समय भने उपन्द्र यादव नेतृत्व्को जसपा नेपाल मोर्चाको औचित्य नभएको भन्दै त्यसबाट बाहिरिएको छ । समाजवादी मोर्चालाई माओवादी अध्यक्ष दाहालले आफ्नो अनुकूल मात्र प्रयोग गर्न खोजेपछि त्यसमा रहनुको कुनै अर्थ नभएको जसपा अध्यक्ष यादवको भनाई छ । मोर्चामा अहिले जसपा बाहेकका प्रतिपक्ष दल छन् ।
मोर्चामा पछिल्लो समय नेपाली कांग्रेस र एमाले गठबन्धन टुटाउन सक्रिय हुँदै आएको छ ।
