बागमतीमा कांग्रेस संसदीय दलको नेता छान्न समिति गठन
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता छान्न निर्वाचन समिति गठन भएकोे छ ।
कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको मंगलबारको बैठकले संसदीय दलको नयाँ नेता छान्न निर्वाचन समिति बनाएको हो ।
दलको नयाँ नेता चुन्न कांग्रेस बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहने गरी निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाउने छ ।
मुख्यमन्त्री समेत रहेका दलका नेता बहादुरसिंह लामाविरूद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि पक्षरविपक्षमा मतदानको क्रममा लामाले दलको नेताको हैसियत गुमाएकमा हुन् ।
