बागमती कांग्रेसमा बहादुरसिंहले गुमाए संसदीय दल नेताको हैसियत
काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कांग्रेस संसदीय दलमा नेताको हैसियत गुमाएका छन् । कांग्रेसको संसदीय दलमा मंगलबार मतविभाजन हुँदा लामाको पक्षमा १५ मात्रै सांसद उभिए । उनको विपक्षमा भने २२ जना सांसदले हस्ताक्षर गरेका छन् । यस्तो अवस्थासँगै लामा संसदीय संसदीय दलको नेताबाट बाहिरिनुपर्ने अवस्था आएको हो ।
मुख्यमन्त्री लामाविरुद्ध कांग्रेसबाटै शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएपछि बागमतीमा केही दिन सांसद तानातान गर्ने चल्यो । कांग्रेसकै अर्का प्रदेश सांसद इन्दबहादुर्र बानियाँले आफ्नो पक्षमा बहुमत जुटाएपछि लामालाई मुख्यमन्त्रीबाट हटाउने खेल अघि बढेको हो । शुक्रबार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने २१ मध्ये २ जना सांसद पुनः लामाको पक्षमा उभिएका थिए । श्यामकुमार खड्कालाई खानेपानी मन्त्रीबाट राजीनामा गराएर बानियाँले आफ्नोतिर तान्दै फेरि २२ सांसद आफ्नो पक्षमा जुटाएका हुन् ।
अब संसदीय दलको नेताका लागि बुधबार निर्वाचन हुनेछ । त्यो निर्वाचनमा दलको नेता चयन भएमा बानियाँलाई मुख्यमन्त्रीको ढोका खुल्नेछ । तर, आफ्नै पार्टीका लामालाई दलको नेताबाट हटाएका बानियाँका लागि प्रदेशसभामा भने अर्को चुनौती छ । लामाले संसदीय दलको नेता नभए पनि आफूलाई मुख्यमन्त्रीबाट कसैले हटाउन नस्कने दाबी गरेका छन् । गठबन्धनको सरकारमा संसदीय दलको नेता हुनु र नहुनुले कुनै अर्थ नराख्ने लामोको भनाई छ । लामाले सरकार र दल फरक–फरक कुरा हो भन्दै गठबन्धन सरकारमा मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुन आवश्यक रहेको प्रष्ट्यााएका छन् । यस हिसाबले संसदीय दलको नेता गुमाए पनि लामाले मुख्यमन्त्री पद भने सहजै छोड्ने स्थिति देखिएको छैन । लामाले मैले कसरी राजीनामा दिने ? भन्दै आफू कानुन र विधि विधानअनुसार नै मुख्यमन्त्रीमा अडिने दाबी गरेका छन् । यदि लामाले आफूलाई हटाएको बदला फ्लोर क्रस गरेर लिए भने बानियाँ एक पटक फेरि मुख्यमन्त्रीबाट बञ्चित हुन सक्नेछन् ।
बानियाँ २०७९ सालको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (२) मा तत्कालीन माओवादी केन्द्रसहितको गठबन्धनबाट प्रदेश सांसद बनेका हु । बानियाँ यसअघि पनि मुख्यमन्त्रीको दौडमा थिए । तर उनलाई नबनाई कांग्रेसले पहिलो चरणमा नुवाकोटका लामालाई अवसर दिएको हो ।
