मुख्यमन्त्री अप्ठ्यारोमा परेपछि कांग्रेस बागमती संसदीय दलको बैठक शुरु
काठमाडौँ । मन्त्रीहरुले धमाधम राजीनामा दिएर मुख्यमन्त्री अप्ठ्यारोमा परेपछि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक शुरु भएको छ ।
बैठक निर्धारित समयभन्दा डेढ घण्डा ढिलो शुरू भएको हो ।
बैठकमा मुख्यमन्त्री समेत रहनुभएका दलका नेता बहादुरसिंह लामाविरूद्धको अविश्वासको प्रस्तावबारे छलफल अगाडि बढाइने भएको छ ।
