बागमतीका खानेपानी मन्त्री खड्काद्वारा राजीनामा
हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसका अर्का मन्त्रीले पनि राजीनामा दिनुभएको छ ।
खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामकुमार खड्काले सोमबार साँझ कांग्रेस संसदीय दलको कार्यालयमा मुख्यमन्त्री बहादुरसिंह लामा राजीनामा बुझाउनुभएको हो।
खड्काले राजीनामा दिएसँगै लामाविरूद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नुभएको छ । लामाविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदको संख्या २२ पुगेको छ ।
यसअघि साउन ९ गते प्रदेशका चार जना मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
