विशेष अदालतद्वारा पूर्वप्रधानमन्त्री नेपाललाई वारेस सुविधा दिन अस्वीकार
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले वारेस सुविधा दिन अस्वीकार गरेको छ ।
उच्च तहका रहेकाहरुले व्यस्तताको कारण आफूमाथि परेका मुद्दामामिला स्वयं उपस्थित हुन नसकेको बखत वारेस राख्न पाउने चलन छ । तर पताञ्जली प्रकरणमा मुद्दा खेपिरहनु भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई विशेष अदालतले वारेस राख्ने सुविधा दिन अस्वीकार गरेको हो ।
पूर्वप्रधानमन्त्री नेपालले राजनीतिक कार्यक्रममा देशका विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाई वारेस राख्ने अनुमति मागेर विशेष अदालतमा निवेदन दिनुभएको थियो । तर विशेष अदालतले न्यायालयमा चल्दै आएको प्रचलन विपरीत पूर्वप्रधानमन्त्री नेपाललाई वारेस सुविधा दिन इन्कार गरेको हो ।
विशेष अदालतका न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले वारेश राख्ने सुविधा दिन अस्वीकार गरेको हो ।
