एमाले महासचिव पोखरेल – विप्लव भेटवार्ताले राजनीतिमा तरङ्ग
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच भेटवार्ता भएको छ । बेग्लाबेग्लै पार्टीका कम्युनिष्ट महासचिवबीच आइतबार बिहान भएको दुई घण्टा वार्तामा वामपन्थी एकताको सम्भावनादेखि कृषिमा आत्मनिर्भरतासम्म छलफल भएको छ ।
एमाले महासचिव पोखरेल निवासमा भएको वार्तामा दुई नेताले कम्युनिस्ट ध्रुवीकरण र समाजवादी मोर्चाबारेको छलफलमा बढी समय खर्चिए । दुई नेताबीच वार्ताको चाँजोपाँजो एमालेको अन्तर्राष्ट्रिय विभाग सदस्य गोपाल खनालले मिलाएका हुन् । लामो कसरतपछि दुई नेताबीच वार्ता गराउन सफल भएका खनाल स्वयं ःपनि छलफलमा सहभागी भए । गोपाल खनालका अनुसार राजनीतिक सक्रियता र भूमिकाको विषयलाई लिएर दुई नेताले एक अर्कालाई निकै प्रशंसा गरे । विगतमा मुलुकको राजनीतिमा निकै प्रभाव जमाएको माओवादी टुक्रिएर छिन्नभिन्न भएपछि नेकपा बनाए्र त्यसको नेतृत्वको गर्दै आएका छन् । माओवाटीबाट छुट्टिएपछि विप्लव समूह विभिन्न ठाउँमा चन्दा उठाउने पार्टीको रुपमा समेत चिनियो थियो । कार्यकर्ताहरुले मनोमानी रुपमा चन्दा उठाएर पार्टीलाई नै बदनामित पार्न थालेपछि विप्लव समूह पछिल्लो समय आफ्नो भूमिका बदल्दै कृषि उत्पादनतर्फ केन्द्रित हुन थालेको छ ।
भेटवार्तामा एमालेको महासचिव पोखरेलले विप्लवको कृषि कर्मको प्रशंसा गरेका छन् । विगतमा आफू र माओवादीप्रति कटाक्ष गर्ने एमालेका जिम्मेवार नेताले वार्तामा एकाएक प्रशंसा गर्न थालेपछि विप्लवको मन समेत फुरुङ्गभयो । अनि उनले पनि एमाले महासचिव पोखरेलको खुलस्त प्रशंशा गर्न थाले । विप्लवले एमाले महासचिव पोखरेललाई ‘दोस्रो पुस्ताको वैचारिक नेता र स्पष्ट वक्ता’ भन्दै प्रशंसा गरेका छन् । महासचिवद्यबीचको भेटवार्तामा आपसी प्रशंसा गरे पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भने तीब्र आलोचना गरेका छन् । दुई नेताले एमाले र माओवादी केन्द्र मिलाएर बनाइएको नेकपा भाँडिनुमा अध्यक्ष प्रचण्डलाई दोषी रहेको भन्दै आलोचना गरेका हुन् ।
दुई नेताले बिहानीको चिया नास्तासँगै एमाले र माओवादी केन्द्रबीचको एकता ट्टनुको कमीकमजोरीबारे समेत गहन समीक्षा गरेका छन् । एमाले अन्तर्राष्ट्रिय विभाग सदस्य खनालले वार्तामा तत्कालै वाम एकता गर्नेबारे भने छलफल नभएको बताएका छन् । नेपालमा कम्युनिष्टहरु मिल्नुपर्छ भनेर तल्लो तत्काबाट सुझाव आइरहेको बेला भएको दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
