sevenstartv.com २० वैशाख २०८३, आइतवार

सुनको मूल्यमा आज ११ सयको गिरावट

६ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । बुधबार अहिलेसम्मकै उच्च मूल्य भएको सुन आज तोलामा ११ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलाको एक लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार रुपैयाँ भएको थियो ।

त्यस्तै आज चाँदी पनि घटेको छ । आज चाँदी पाँच रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्