sevenstartv.com १२ असार २०८३, शुक्रवार

मन्त्रीहरुको घुस प्रकरण छानवीन नभए आन्दोलनमा उत्रने लिङ्देनको चेतावनी

७ साउन २०८२, बुधवार स्टार संवाददाता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणलाई सरकारले गम्भीर रुपमा नलिएको बताउनुभएको छ । 

अध्यक्ष लिङ्देनले बुधबार  प्रतिनिधिसभामा कांग्रेस र एमाले सरकारका मन्त्री छिटो धेरै कमाउने होडमा लागेको आरोप लगाउनुभयो । लिङ्देनले एक दर्जन मन्त्रीहरू विभिन्न विवादमा पर्दा पनि त्यसबारे छानबिन नहुनु दुखद् भएको टिप्पणी गर्नुभयो । सरकारमा रहेकाहरुले बजार भाउ बढाएर कमिसन खाइरहेको राप्रपा नेता लिङ्देनको आरोप छ । 

अध्यक्ष लिङ्देनले ‘भिजिट भिसा प्रकरण र घुस प्रकरणमा संलग्न मन्त्रीहरूबारे छानवीन गर्न  उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन नभए सरकारविरुद्ध आफूहरु सडक आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिनुभएको छ ।