एमाले बैठकमा विधान संशोधनमाथि नेताहरुले धारणा राख्ने क्रम जारी
काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा विधान संशोधनको प्रस्तावमाथि नेताहरुले धारणा राख्ने क्रम जारी छ ।
पार्टी मुख्यालय च्यासलमा भइरहेको नवौं केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधनप्रति प्रदेशगत रुपमा धारणा राख्ने व्यव्वस्था मिलाइएको छ । धारणा राख्न चाहने केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको छ ।
सोमबार गण्डकी प्रदेशका नेताहरुले आफ्ना धारणा राख्नुभएको छ । बैठकको पहिलो दिन केन्द्रीय सदस्यहरू राजीव पहारी, पदम गीरी, रविन्द्र अधिकारी, सूर्य पाठक, रामशरण बस्नेत, इन्द्रलाल सापकोटा, प्रभा कोइराला, बालकृष्ण काउछा, तिलक महत, नवराज शर्मा र केदार सिग्देलले आफ्नो धारणा रुाखनुभएको एमाले प्रचार विभागले जनाएको छ ।
बैठकमा सहभागीका अनुसार अधिकाँश नेताले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा सक्रिय हुनुलाई सकारात्क भन्दै यसले पार्टी बलियो र सशक्त हुने बताएका छन् । तर केन्द्रीय सदस्य केदार सिग्देलले भने राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्कन नहुने तर्क गर्नुभएको छ । सोमबार बोल्नेहरू अधिकांशले वक्ताले विधानको संशोधन प्रस्तावप्रति असहमति जनाएका छन् ।
