सरकार गठबन्धनको भावना अनुसार नचलेको कांग्रेसको निष्कर्ष
काठमाडौँ। नेपाली कांग्रेसले सरकार गठबन्धनको भावना र जनचाहना अनुसार नचलेको निष्कर्ष निकालेको छ ।
कांग्रेसको संस्थापन पक्षका नेताहरूले नेकपा एमालेसँग सत्ता सहयात्रा संसदको कार्यकाल भर कायम राख्न गठबन्धन बन्दखेरिको सहमति कार्यान्वयन हुनुपर्नेमा समेत जोड दिएका छन् ।
कांग्रेसका केही नेताहरु सोमबार उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भेला भएर एमालेसँगको गठबन्धनको उपलब्धि र सरकारको कार्यशैलीबारे समीक्षा गरेका हुन् । गठबन्धन निर्माण हुँदा सहमति अनुसार दुई दलबीच भएको संविधान संशोधनको विषय अगाडि नबढेकोबारे पनि बैठकमा छलफल भएको छ ।
बैठकले छलफलको निष्कर्ष प्रधानमन्त्री केपी ओली समक्ष पुर्याउने जिम्मा उपप्रधानमन्त्री सिहंलाई दिएको छ । छलफलको छलफलको निष्कर्षबारे कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार जानकारी गराइने भएको छ ।
