sevenstartv.com १२ असार २०८३, शुक्रवार

एमाले पोलिटब्यूरोमा सत्ता समीकरण फेर्न भइरहेको प्रयासबारे गम्भीर छलफल

३ साउन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौँ । नेकपा एमाले पोलिटब्यूरो बैठकमा अहिलेको सत्ता समीकरण फेर्न भइरहेको प्रयासबारे गम्भीर छलफल भएको छ । 

पार्टीको विधान मस्यौदाबारे छलफल गर्न डाकिएको बैठकमा बैठकमा पोलिटब्युरो सदस्य महेश बस्नेतसहितमा नेताहरुले यस्तो प्रसँग उठाउनु भएको हो । पोलिटब्यूरोका केही नेताले  माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकार ढाल्न पहिल्यैदेखि सक्रिय भइरहेको र पछिल्लो पटक नेपाली कांग्रेसका वरिष्ठ डा शेखर कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समेतलाई समेट्न खोजेको भन्दै यसलाई प्रधानमन्त्रीले गम्भीर रुपमा लिनुपर्ने बताएका हुन् । पूर्वमन्त्री बस्नेतले चीन भ्रमणदेखि नारायणकाजी, शेखर कोइरालासँग पूर्वराष्ट्रपति भण्डारी भेटघाट र ‘सहयोग माग’ वाम एकताको नाममा फेरि एमाले कमजोर पार्ने खेल हुन सक्ने भन्दै नेतृत्वलाई यसप्रति सचेत हुन आग्रह गरेको बैठकमा सहभागी नेताहरुले जनाएका छन् । 

बैठकमा उपाध्यक्ष विष्णु पौडेलले शुक्रबार प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्तावमाथि पोलिटब्यूरोका नेताहरुले आफ्ना धारणा क्रम शनिबार सकिँदैछ ।  एमालेमा पूर्वराष्ट्रपति भण्डारीलाई रोकेर तेस्रो कार्यकाल पनि विधान संशोधन गर्न लागिएको हो । पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा निषेष गरेर अध्यक्षमा ओलीलाई तेह्याउन गरिएको प्रपञ्चप्रति  पोलिटब्यूरो अधिकाश नेताहरुले असन्तुष्टि जनाएका छन् । कतिपयले यही विषयलाई लिएर नेतृत्वको चर्को आलोचना गरेका छन् । 

एमालेमा पोलिटब्यूरोपछि साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्दै छ ।  यी दुवै बैठकले विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनलाई अन्तिम रूप दिनेछ । एमालेको दोस्रो विधान महाधिवेशन आउने भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ ।