कांग्रेसमा सभापतिको आकांक्षी बढ्दै : शेखर प्रबल, गोपालमानदेखि प्रकाशमानसम्मको दाबी
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको १५ औँ महाधिवेन हुने मिति तोकिइसकेको छैन । तर महाधिवेशन ठेगान नभएको कांग्रेसमा सभापतिको दाबेदारहरु भने बढ्दै गएका छन् ।
कांग्रेसमा अबको सभापति डा शेखर कोइराला बन्ने सम्भावना प्रबल छ । तर सभापतिमा दाबी भने महामन्त्री गगन थापादेखि पूर्वउपसभापति प्रकाशमान सिंह र गोपानमान श्रेष्ठसम्मले गर्न थालेका छन् ।
२०७८ साल मंसिरको अन्तिम साता काठमाडौमा भएको १४ औं महाधिवेनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रोपटक निर्वाचित हुँदा कोइराला निकटतम् प्रतिीपर्धा थिए । त्यसबेला खसेको कूल ४ हजार ६ सय २३ मतमा सभापतिमा निर्वाचित देउवाले २ हजार ७ सय ३३ मत प्राप्त गरेका थिए । कोइरालाले १ हजार ८ सय ५५ मत ल्याएर सभापतिमा उपविजेता । त्यसबेला देउवा भन्दा ८ सय ७८ मत पछाडि परेका कोइराला अहिले सभापति बन्ने आकांक्षासहित देश दौडाहा गरिरहेका छन् । १४ आंै महाधिवेनबाट महामन्त्री बनेका गगन थाले पनि युवा. नेतृत्वको नाममा सभापतिमा दाबी गरिहेका छन् ।
कांग्रेसको सभापति बन्न आकांक्षा व्यक्त गर्नेहरुका बूढापाकाहरुको समेत कमी छैन । पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि अबको सभापति आफू बन्ने दाबी गरिरहेका छन् । सभापतिको आकांक्षीमा पछिल्लो समय उपप्रधानमन्त्री तथा शहरी विकास प्रकाशमान सिह समेत थपिएका छन् ।
विभिन्न पटक मन्त्री बन्नेका सिह पार्टीमा यसअघि महामन्त्री हुँदै उपसभापति भइसकेका । प्रकाशमानले कांग्रेसमा पिता गणेशमान सिंह र आमा मंगलादेवीको योगदानको कारण सक्रिय हुने मौका पाएका हुन् । राजनीतिक घरानाका सिंहले नेता तथा कार्यकर्ताहरुले अब आफूलाई कांग्रेसको सभापतिका रुपमा हेर्न चाहेको बताएका छन् । कांग्रेसमा सभापति शेरबहादुर देउवासहित केन्द्रीय पदाधिकारीह्ररुको कार्यकाल सकिन लागेको छ ।
सभापति देउवा राजनीतिक परिस्थित र नेतृवको अधिकारलाई प्रयोग गरी आफ्नो कार्यकाल लम्ब्याउने योजनामा लागेका छन् । तर वरिष्ठ नेता कोइराला र महामन्त्री थापा लगायतका नेताहरुले भने पार्टीको १५ औं महाधिवेन निर्धारित समयमै हुनुपर्नेमा जोड दिँदै आएका छन् । पूर्वप्रधानमन्त्री देउवाको कार्यकाल सकिन लाग्दा सभापति बन्न लालायित भएकाहरुले आफ्नो आकांक्षा व्यक्त गर्नेक्रम बढेको हो ।
