sevenstartv.com १२ असार २०८३, शुक्रवार

प्रचण्ड–शेखर वार्ता, राजनीति घटनाक्रमबारे छलफल

१ साउन २०८२, बिहिवार स्टार संवाददाता

 काठमाडौँ । पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड सरकार ढाल्न सक्रिय भइरहेकै बेला नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटवार्ता भएको छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सत्ता गठबन्धन टुटाउन अनेका कोशिस गरिहेको बेला कांग्रेसका वरिष्ठ नेता कोइरालासँग  भेटवार्ता गर्नुभएको हो ।  ।माओवादी अध्यक्ष दाहालले बिहीबार आफ्नै निवास खुमलटार कांग्रेस कोइरालाले करिब दुई घण्टा छलफल गर्नुभएको छ । 

कांग्रेस नेता कोइरालाले एमालेसँगको गठबन्धनप्रति असन्तुटि व्यक्त गर्दै आउनुभएको छ । कोइरालाले एमाले अध्यक्ष केपी शर्माको हातबाट सरकारको चाबी खोस्नुपर्ने टिप्पणी समेत गर्दै आउनुभएको छ । कोइराला सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने भन्र्दै ओली सरकारविरुद्ध खनिँर्दै आइरकेको अवस्थामा माओवादी अध्यक्ष दाहालले छलफलको लागि आफ्नै निवासमा डाक्नुभएको हो । 

भेटवार्तामा माओवादी अध्यक्ष दाहाल र कांग्रेस नेता कोइरालाबीच पछिल्ला समसामयिक राजनीति घटनाक्रमबारे छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।