sevenstartv.com १२ असार २०८३, शुक्रवार

वनमन्त्री ठकुरीको एक वर्षः कार्बन व्यापार, जलवायु कार्यमा र नीति निर्माणमा उपलब्धिमूलक

३२ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आफ्नो एक वर्षे कार्यकालमा नीति निर्माण, सेवा प्रवाह र अन्तर्राष्ट्रिय सहकार्यका हिसावले सफल र परिणाममुखी  भएको दाबी गर्नुभएको छ ।

बुधवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजनागर्दै मन्त्री ठकुरीले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको वन तथा वातावरणमन्त्रीमा नियुक्त भए यता मन्त्रालयमार्फत भएका कामको विवरण सार्वजनिक गर्दै यस्तो दाबी गर्नुभएको हो । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको सेवा प्रवाहलाई जनमैत्री बनाउनुका साथै निर्माण प्रक्रियामा चुस्तता ल्याइएको उहाँको भनाइ छ । उहाँले हिमाली क्षेत्रका बासिन्दाको जीविकोपार्जनका लागि यार्सागुम्बा निकासीको निर्देशिका तयार पारी कार्यान्वयनमा ल्याइएको बताउनु भयो । मन्त्री ठकुरीले वन क्षेत्रको वृद्धि, विस्तार र काठको उपयोगमा समेत वृद्धि भएको दाबी गर्नुभयो । उहाँले वमन्त्रालयको मुख्य कार्यभार वन क्षेत्रलाई घट्न नदिनु रहेको र मुलुकलाई काठमा आत्मनिर्भर बनाउनमा केन्द्रित रहेको बताउनु भयो । वनभित्र रहेका सडेगलेका रुखहरूको उपयोगमा बढावा दिइएको उहाँको भनाइ छ । उहाँले वन, वातावरण, जैविक विविधता संरक्षण, प्रदूषण नियन्त्रण, जलवायु परिवर्तन र कार्बन व्यापार जस्ता विषयमा महत्वपूर्ण नीतिगत, संस्थागत र प्रक्रियागत प्रयासहरू भएको उल्लेख गर्दै यसबाट दीर्घकालीन लाभ लिने बाटो खुलेको मन्त्रीको दाबी गर्नुभयो ।

नीतिगत सुधार
मन्त्री ठकुरीले संघीयता कार्यान्वयनको लागि आवश्यक पर्ने चारवटा मुख्य रणनीति स्वीकृत भई कार्यान्वयनमा आएको उल्लेख गर्नुभयो । उहाँकाअनुसार राष्ट्रिय वनको एकीकृत रणनीतिक योजना ९२०८१–२१००, वाह्य मिचाहा प्रजाति व्यवस्थापन रणनीति, राष्ट्रिय बाँस तथा बेत विकास रणनीति र राष्ट्रिय रेडलप्स रणनीतिहरु स्वीकृत भइ कार्यान्वयनमा आएका हुन् । उहाँले ११ वटा कानुनी दस्तावेजमा संशोधन गरी नागरिक अपेक्षाअनुसार सुधार गरिएको पनि बताउनु भयो

काठ उत्पादनमा ३५ लाख क्यु। फिटको वृद्धि, वन क्षेत्र ४६.०८ प्रतिशतमा
मन्त्री ठकुरीले मुलुकको वन क्षेत्र घट्न नदिन मन्त्रालयले विशेष पहल थालेको बताउनु भयो । उहाँकाअनुसार सन् २०२० मा ४५।३१ प्रतिशत रहेको वन क्षेत्र अहिले ४६।०८ प्रतिशतमा पुगेको छ । त्यसैगरी काठ उत्पादनमा समेत उल्लेखनीय वृद्धि भएको उल्लेख गर्नुभयो । अघिल्लो आर्थिक वर्षमा ३ करोड क्यु।फिट मात्र उत्पादन भएकोमा चालु आर्थिक वर्षको मसान्तसम्ममा ३ करोड ३५ लाख क्यु।फिट काठ उत्पादन भएको मन्त्रीले ठकुरीले जानकारी दिनुभयो । उहाँले वनमा ढलेका, बुढा रुख संकलन गरी काठको उत्पादन र आपूर्ति बढाउने नीति अनुसार १ लाख हेक्टरमा दिगो वन व्यवस्थापन गरिएको पनि बताउनु भयो ।

कार्बन व्यापारमा ऐतिहासिक सम्झौताः १० मिलियन अमेरिकी डलर प्राप्त
उहाँले कार्बन व्यापारका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिएको बताउनुभएको छ । तराईका १३ जिल्लाबाट १८ लाख टन कार्बन विक्री गरी नेपालले १० मिलियन अमेरिकी डलर प्राप्त गर्ने सम्झौता भएको उहाँले उल्लेख गर्नुभयो । सो रकमको ८० प्रतिशत वन व्यवस्थापन गर्ने समुदायलाई वितरण गरिने पनि उहाँले बताउनु भयो । वाग्मती, गण्डकी र लुम्बिनी क्षेत्रको ३२ लाख हेक्टर वन क्षेत्रको कार्बन विक्री वार्ता सम्पन्न भएको र सम्झौता प्रक्रियामा रहेको उहाँको भनाइ छ । मन्त्री ठकुरीले कर्णाली र कोशीका क्षेत्रमा कार्बन खरिद र विक्रीका लागि प्रारम्भिक तयारी सम्पन्न भएको पनि दाबी गर्नुभयो ।

जलवायु परिवर्तन र सगरमाथा कार्य
उहाँले हिमाल र जलवायु संकटका विषयमा विश्व समूदायको ध्यानाकर्षण गराउने उद्देश्यले सगरमाथा संवाद आयोजना गरिएको र २५ बुँदे सगरमाथा कार्य आह्वान जारी गरिएको पनि बताउनु भयो । उहाँले कोप–२९ मा नेपालको उपस्थिति प्रभावकारी भएको र जलवायु वित्तका क्षेत्रमा समेत सकारात्मक प्रगति भएको दाबी गर्नुभयो । मन्त्री ठकुरीले जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणका लागि वित्त प्राप्तिमा समेत महत्वपूर्ण सम्झौता भएको बताउनुभयो ।

विकास आयोजना तथा वातावरणीय अध्ययन
वन तथा वातावरण मन्त्रालयले विकास आयोजनाको सहजताका लागि वन ऐन संशोधन गरेको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ठकुरीले हालसम्म ४१ वटा आयोजना सञ्चालनका लागि ६०८।८५ हेक्टर वन क्षेत्र प्रयोग अनुमति दिइएको बताउनु भयो । उहाँकाअनुसार वन क्षेत्रबाट खनिज उत्खनन र उपयोगका लागि मापदण्ड आवश्यक मापदण्ड समेत स्वीकृत भइसकेको छ ।