अध्यक्ष नेपालको मुद्दाबारे छलफल गर्न समाजवादीको बैठक जारी
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक पार्टी मुख्यालय आलोकनगरमा शुरु भएको छ। बैठकमा उपमहासचिवद्वय मेटमणि चौधरी र राजेन्द्र राई बाहेकका नेताहरु सहभागी छन् ।
बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति, केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयन लगायतको विषयमा छलफल चलिरहेको प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभएको छ ।
पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपालमाथि विशेष अदालतमा मुद्दामा चलेपछि उहाँले पार्टीको नेतृत्व र संसदीय दलको नेता छोड्नुपर्ने आवाज समेत उठ्न थालेको छ । बैठकमा त्यसबारे पनि छलफल हुने भएको छ ।
