एमालेमा विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्वन फुकुवा
काठमाडौँ । नेकपा एमालेले स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रिय सदस्य उषाकिरण तिम्सिनाको निलम्वन फुकुवा गरेको छ ।
बुधवार च्यासलस्थित पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रिय सचिवालय बैठकले पाण्डे र तिमल्सेना निलम्वन फुकुवा गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ । भाटभटेनी डिपार्टमेन्टका सञ्चालक मीनबहादुर गुरुङसँग १० रोपनी जग्गा चन्दा लिएर पार्टी कार्यालय बनाउने निर्णयको विरोध गर्दै पाण्डे र तिम्सिनाले सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । त्यही कारण एमालेले दुवैलाई ६ महिनाका लागि निलम्वन गरेको थियो । उपमहासचिव ज्ञवालीकाअनुसार बैठकले आसन्न विधान महाधिवेशन गोदावरीमा गर्ने निर्णय पनि गरेको छ ।
महाधिवेशनको तयारीका लागि केन्द्रिय कमिटीको बैठक अगामी साउन ५ गते काठमाडौंमा बोलाउने निर्णय समेत गरेको ज्ञवालीले जानकारी दिनुभएको छ ।
