sevenstartv.com १५ असार २०८३, सोमवार

देश एउटा नयाँ चरणमा प्रवेश गर्दैछः प्रधानमन्त्री

६ असार २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश एउटा नयाँ चरणमा प्रवेश गरिरहेको बताउनुभएको छ । प्रधानमन्त्रीले शुक्रवार ग्वार्को फ्लाइओभरको उद्घाटन गर्दै स्तो बताउनुभएको हो । 

प्रधानमन्त्रीले कृषिको आधुनिकीकरणतर्फ व्यापक रुपमा काम गरिरहेको र कृषिको आधुनिकीकरण भइरहेको पनि बताउनु भयो । उद्योगतर्फ पहिला भन्दा धेरै उद्योग अहिले स्थापना भइ अघि बढेको  उहाँको भनाइ छ । 

प्रधानमन्त्री ओलीले कुनैपनि हालतमा निराशा पैदा गर्न नहुने बताउनु भयो । आफैँले गर्नसक्छौँ भनेर अठोटका साथ अघि बढे सफलता हाँसिल हुने बताउनुभयो । देशलाई दुर्गम देशबाट सुगम देशमा परिणात गरिएको बताउनु भयो । बहुआयामिक ढंगले चौतर्फी विकासमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कृषिको आधुनिकीकरणतर्फ व्यापक रुपमा काम गरिरहेका छौँ । कृषिको आधुनिकीकरण भइरहेको छ । देश एउटा नयाँ चरणमा प्रवेश गरिरहेको छ । उद्योगतर्फ पहिला भन्दा धेरै उद्योग अहिले स्थापना भइ अघि बढेका छन् । कतिपय उद्योग अहिले स्थापना भइ नचलेका पनि होलान् । कतिपय आउडेटेड भए । कतिपयलाई सञ्चालन गर्ने तयारीमा छौँ । यसरी हामीले देश बहुआयामिक ढंगले चौतर्फी रुपमा देशको विकास गरिरहेका छौँ ।’

प्रधानमन्त्रीले चक्रपथ विस्तार गरी ट्राफिक जाम अन्त्य गर्ने दिशामा अघि बढिरहेको बताउनु भयो । उहाँले विकास भयो भन्नेकुरामा चिन्ता नलिन आग्रह गर्नुभयो । विकासको नेतृत्वमा राजनीतिक दल र जनप्रतिनिधिहरुले अगुवाई गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारका निकायहरु विकासमा केन्द्रित भएर अघि बढ्नुपर्ने बताउनुभयो । 

 

सम्बन्धित समाचार