sevenstartv.com ८ असार २०८२, आइतवार

ब्याजदर घट्दा पुँजी पलायनको खतरा बढ्यो : वरिष्ठ उपाध्यक्ष उपाध्याय

२७ जेठ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बैंक तथा वित्तीय संस्थामा ठूलो मात्रमा लगानीयोग्य रकम थ्रुपिएको र ब्याजदर समेत घट्दै गएका कारण पुँजी पलायनको खतरा बढेको बताएका छन् । 

मंगलबार काठमाडौंमा क्लिकमाण्डु डटकमले आयोजना गरेको प्रि मनिटरी पोलिसी डिस्कसन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले लगानीयोग्य रकम थ्रुप्रिने र व्याजदर यस्तै तल रहिरहे भोलिका दिनमा पुँजी पलायन हुनसक्ने बताए । गलत ठाउँमा लगानी हुनसक्ने हुदाँ बैंकहरुले थ्रुपिएको पुँजीलाई कहाँ लगानी गर्ने यसबारे आगामी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने उपाध्यायले बताएका छन् । 

उनकाअनुसार नेपालमा लगानी गर्नसक्ने अवस्था नरहे भारतको ट्रेजरी मार्केटमा बैंकहरुलाई लगानी गर्न राष्ट्र बैंकले दिनुपर्ने उनको भनाई छ । वित्तीय अनुशासनमा समेत यस्ता विषय पर्ने भएकाले यसलाई कायम गराउन जरुरी रहेको उनले बताए । 

उपाध्यायकाअनुसार नेपालमा प्रभिजनको व्यवस्था सबैभन्दा कडा भएकाले समस्या भएको बताए । उनले भारतको उदाहरण दिँदै यदी धितो छ भने तीन वर्ष नभईकन सतप्रतिशत प्रोभिजन गर्नुपर्ने आवश्यकता पर्दैन । तर नेपालमा पहिलो वर्षमै सतप्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्थाले यसले ठूलो दबाब पैदा गरेको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्