विधि पुर्याउने नाममा बैंकले दुख दिए : सभापति चालिसे
काठमाडौं । अर्थसमिति सभापति सन्तोष चालिसेले १४ प्रतिशतबाट ७ प्रतिशतमा ब्याजदर झर्दा पनि बैंकमा कोही पनि पैसा लिन नजानु चिन्ताको विषय भएको बताएका छन् ।
सोमबारको अर्थ समितिको बैठकमा सभापति चालिसेले यस्तो बताएका हुन् । उनले तरलता ठूलो मात्रमा रहेको बताउँदै उहाँले विधि पुर्याउने नाममा बैंकले समेत ऋण लिन जानेहरुलाई दुःख दिने गरेको बताए ।
उनले आज अर्थसमितिमा बाफियासम्बन्धि विधेयकमा बोल्दै सभापति चालिसेले काम गर्न चाहनेलाई क्षमताको आधारमा बैंकहरुले सहज रुपमा कर्जा दने बातावरण हुनुपर्ने बताए ।
