sevenstartv.com २० वैशाख २०८३, आइतवार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लागि ९५ अर्ब ८१ करोड विनियोजन

१५ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लागि ९५ अर्ब ८१ करोड विनियोजन गरेको छ । 

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि विनियोजित बजेट प्रश्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।  उनले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सबै प्रकारका नमूना परीक्षण हुने अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालाको रूपमा स्तरोन्नति गरिने बताए । 

उनले प्रयोगशालाको स्तरोन्नतिको लागि पूर्वाधार विकास, यन्त्र उपकरण र जनशक्ति व्यवस्थापन गरिने जिकिर गरे । अर्थमन्त्री पौडेलले यसबाट नमूना परीक्षणको लागि विदेशमा पठाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । 

उनले आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथी, अगुपेन्चर लगायतका वैकल्पिक उपचार पद्धतिलाई प्रवद्र्धन गरिने बताए । उनले सिंहदरबार वैद्यखानाको उत्पादन क्षमता विस्तार गरिने समेत जानकारी दिएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्