ओली, देउवा र दाहालबीच आज छलफल
काठमाडौं । तीन ठूला दलका शीर्ष नेताको बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुन लागेको हो । बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने तय भएको हो ।
बैठकमा संक्रमणकालीन न्याय ९टीआरसी० बारे छलफल हुने बताइएको छ । यही चैत ६ गतेको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रकी सांसद् विमला सुवेदीले टीआरसीको विषयमा सोधेको प्रश्नमा प्रधानमन्त्री केपी ओलीले प्रचण्डसँग सम्पर्कको प्रयास भइरहेको जवाफ दिएका थिए ।
यो विषयमा प्रचण्डसँग सम्पर्क गर्न खोजिरहेको तर पटक(पटक प्रयास गर्दा सम्पर्क नभएको बताएका थिए । तराई(मधेश जागरण अभियानमा रहेका प्रचण्ड छलफलका लागि सोमबार नै काठमाडौं आउने भएका छन् ।
