sevenstartv.com १९ वैशाख २०८३, शनिवार

तीन तहका सरकारको सेवा प्रवाहलाई सहज बनाउन लागिपरेको प्रधानमन्त्री ओलीको भनाई

सेवा प्रवाहमा एकरुपता ल्याउने नीति अवलम्बन गर्ने दाबी

१० चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्न सरकारको प्रयास जारी रहेको बताएका छन् ।

 सरकारको ९औं वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्दै उहाँले सरकारले लिएका नीति र कार्यक्रमबाट विद्यार्थीले विद्यालयमा भर्नासँगै पाठ्यपुस्तक पाउने अवस्था सुनिश्चित भएको बताएका हुन् । उनले बाली लगाउने समयमा किसानलाई मल उपलब्ध गराइएको र मल खरिद एवं आपूर्ति व्यवस्थापनमा बजेटको अभाव हुन नदिने गरी चालु आर्थिक वर्षका लागि समेत बजेट सुनिश्चित गरिएको दाबी गरे ।

प्रधानमन्त्री ओलीले नागरिकता, राहदानी, लाइसेन्स, विदेश अध्ययनका लागि नो अब्जेक्सन लेटर लगायतका सेवामा घण्टौं लाइन लाग्ने अवस्थाको अन्त्य गरिएको बताए । राज्यका सेवा प्राप्त गर्न निकायपिच्छे वैयक्तिक विवरण पेश गर्नुपर्ने अवस्थाको अन्त्य गर्न विभिन्न निकायका सेवा प्रणालीहरुबीच अन्तरआवद्धता गर्ने प्रक्रिया सुरु गरिएको उनको भनाइ छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्