sevenstartv.com १९ वैशाख २०८३, शनिवार

नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक बस्दै

८ चैत २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ ।

पहिलो महाधिवेशन पछि आजबाट सुरु हुन लागेको यो पहिलो केन्द्रीय समिति बैठक हो । बैठक चैत ८ र ९ गते मध्य बानेश्वरस्थित सनराइज क्याफेमा बस्दै छ । बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ । 

अध्यक्ष रञ्जिता श्रेष्ठले समसामयिक राजनीतिक विषय तथा अन्य पार्टीसँगको एकीकरण र मोर्चाबन्दी लगायत विभिन्न विषयमा छलफल गर्न आकस्मिक केन्द्रीय समिति बैठकको आह्वान गरेको जनाएकी छन् ।

बैठकमा पार्टीका प्रमुख संरक्षक रेशम चौधरी जेलमा हुँदा बनेका केन्द्रीय सदस्यहरू, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, संस्थापक केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाइएको छ ।

पार्टीबाट निर्वाचित सङ्घ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उप-प्रमुखहरू, जसलाई पछि केन्द्रीय समिति सदस्य बनाइएको थियो, उनीहरूपनि केन्द्रीय समिति बैठकमा बस्नेछन् । नाउपाको पहिलो महाधिवेशन गत वर्ष पुस २६-२८गतेसम्म कैलालीको टिकापुरमा सम्पन्न भएको थियो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्