sevenstartv.com १९ वैशाख २०८३, शनिवार

प्रतिनिधिसभा र प्रदेश सभा प्रत्यक्षमात्रै राख्न कांग्रेसलाई सुझाव

प्रतिनिधिसभामा समानुपातिक हटाउने र स्थानीय तह संख्या कम गर्न बुद्धिजिवीहरुको माग

७ चैत २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवि विभाग र नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) ले देशका विभिन्न भागमा पुगेर संविधान संशोधनबारे छलफल गरी तयार पारेको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेको छ ।

विभाग र डिएलएले सातै प्रदेशमा ‘संविधान संशोधन आजको आवश्यकता र चुनौती’ बारे छलफल चलाएको थियो ।  त्यसबाट प्राप्त सुझाव समेटिएको प्रतिवेदन केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम गरी सभापति देउवालाई हस्तान्तरण गरिएको हो । केन्द्रीय सदस्यसमेत रहेकी पार्टीकी पेशागत तथा बुद्धिजीवि विभाग प्रमुख डिला संग्रौला पन्तले प्रतिवेदन सभापति देउवालाई हस्तान्तरण गरेका हुन् । 

प्रतिवेदनमा प्रतिनिधिसभा र प्रदेश सभामा प्रत्यक्ष निर्वाचित प्रणाली मात्र राख्न सुझाव दिइएको संग्रौलाले जानकारी दिए । साथै संविधानको प्रस्तावनामै हिन्दू राष्ट्र कायम गर्ने सुझाव समेत दिइएको उनको भनाइ छ । २०७२ सालको संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएकोमा अहिले कांग्रेसमा संविधानको प्रस्तावनामै हिन्दू राष्ट्र कायम गर्नुपर्ने सुझाव प्रस्तुत भएको हो । 

यसैगरी संघीयतालाई बलियो बनाउन जनप्रतिनिधिको संख्या घटाउँदै प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनबाट १६५ जना निर्वाचित हुने व्यवस्था राख्नुपर्ने सुझाव दिइएको छ । प्रतिनिधि सभा र प्रदेश सभाबाट समानुपातिक निर्वाचन प्रणाली हटाएर राष्ट्रिय सभालाई पूर्ण समानुपातिक प्रणालीमा लैजानुपर्ने आवश्यकता प्रतिवेदनले औंल्याएको छ । स्थानीय तहको संख्या घटाउने र जिल्ला समन्वय समिति खारेज नै गर्नुपर्ने सुझाव उनीहरूले दिएका छन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्